Thursday 19th of September 2019

सईले यौनदासी बनाएकी श्रीमतीलाई श्रीमानको दरिलो साथ

काठमाडौं । श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यान मार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् ।

समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशीका लागि जे गर्न पनि तयार छु । उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।

पीडितका श्रीमानले जानकारी गराए अनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, ‘जे भयो भयो अब त्यसो नगर्नुुस्, मेरो घर परिवार सबै बिग्रन्छ’, श्रीमानले भने–‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपञ्च रच्यो ।’ नेपाल समाचारपत्र दैनिकबाट