Tuesday 25th of June 2019

अब कीर्तिपुरमा पनि केबलकार

काठमाडौं । कीर्तिपुरमा केबलकार सञ्चालनका लागि नगरपालिकाले तयारी थालेको छ । यसका लागि ६ वटा कम्पनीले रुचि देखाएका छन् ।

तीमम्धये कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय भएको छैन ।

नगरपालिकाकी उपप्रमुख सरस्वती खड्काले कार्यपालिकाको आगामी बैठकमा मापदण्ड बनाएर कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय लिइने बताइन् ।
नगरपालिकाले पुष्पलाल पार्कदेखि चम्पादेवी डाँडासम्म केबलकार सञ्चालनका लागि अध्ययन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्