Saturday 21st of September 2019

एसइईको प्रश्नपत्र ‘लिक’ गरेका दुई प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीसहित १२ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाका प्रहरी जवानहरू दीपेन्द्रकुमार मण्डल र ब्रम्हा देव सुनरैतसहितका व्यक्तिविरुद्ध एसइईको प्रश्नपत्र चुहाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।

कल्याणपुरस्थित प्रहरी कार्यालयबाटै प्रश्नपत्र प्रहरीले नै ‘लिक’ गरेपछि चैतमै पक्राउ गरी मुद्दा दायर भएका उनीहरुमाथि फेरि छानबिन गरी मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुने अन्यमा मनोजकुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेशकुमार यादव, श्रवण यादव, र इन्द्र यादव छन् । १६ वर्षभन्दा कम उमेरका अन्य चारजनाविरुद्धसमेत आयोगले मुद्दा दायर गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्