Tuesday 25th of June 2019

मस्तराम महानिर्देशकहरूको नालीबेली

काठमाडौं । हरेक मन्त्रालय अन्तर्गतका विभागमा सामान्यतया १ देखि २ बर्षमा महानिर्देशक परिवर्तन हुन्छन् । तर कतिपय विभागमा भने ४ बर्षसम्म पनि महानिर्देशक परिवर्तन भएका छैनन् । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी ३ बर्ष पूरा भइसक्दा पनि सरुवा भएका छैनन् । उनको समूहका प्राविधिक कोही पनि नभएजस्तो उनी नै महानिर्देशक छन् ।

विभागमा सशस्त्र प्रहरी बलको लत्ताकपडादेखि विभिन्न सामानको गुणस्तर टेष्टका क्रममा टेक्सटाइल इन्जीनीयर सुशील साह र किरण सुवेदीले सेटिङ गरेका समाचार बारम्बार आउने गरेका छन् । गुणस्तरहीन सिमेन्ट र रडको अनुगमनको क्रममा पनि सेटिङ हुने गरेको छ । एकपटक प्रयोग गरिसकेको कवाडी फलाम लगेर रड उत्पादन गर्ने गरेको प्रमाणसहित समाचार वा उजुरी दिंदा पनि घुसको प्रभावमा कारबाही हुन नसकेको गुनासो छ । पेट्रोल पम्पमा ठगी मेसिन जडान गर्ने रामआधार साहको बहिर्गमनपछि पुडासैनी नै महानिर्देशक भएका हुन् ।

त्यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक संजीव कर्ण पनि उद्योगीहरूसँग सेटिङ गर्नमै तल्लीन छन् । उनी पनि ३ बर्षभन्दा बढी समयदेखि महानिर्देशक छन् । उनको काम भनेको उजुरी परेका उद्योगी वा ब्यापारीसँग मोलमोलाई गर्नेमै सीमित छ । खाद्य पदार्थको अनुगमन गर्ने निकाय विभागका गतिविधि पछिल्ला दिनमा केही पनि देखिन छाडेका छन् । बजारमा अखाद्य पदार्थको बिक्रीबितरण खुल्ला रुपमा हुँदा, दुध वा दुग्धजन्य पदार्थ र मासुको अनुगमन नै हुन छाडेको छ । जसका कारण उपभोक्ताहरूले बिषाक्त खाद्यपदार्थ उपभोग गर्न बाध्य छन् । सरकार नै नभएको जस्तो छ छाडा छ बजार । यसअघि फाट्टफुटट् अनुगमन भए पनि पछिल्ला दिनमा हुनै छाडेको छ ।

त्यसैगरी, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग हुँदा कुमार दाहालले ठग गाडी कम्पनीदेखि बिरामीसँग चर्को शुल्क असुली गर्ने अस्पताललाई ठगीमा मुद्दा चलाउन प्रहरीमा पठाएर बजारमा तंरग ल्याएका थिए । तर दुई विभाग गाभिएर बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भएपछि महानिर्देशक भएका योगेन्द्र गौचन तिनै गाडी कम्पनी र अस्पताल संचालक र ब्यापारीसँग मिलेर मनग्य लाभ लिइरहेका छन् । दाहालले बाबा रामदेवका गुणस्तरहीन एलोबेरा जुसदेखि आयुर्वेद औषधिसम्मलाई उनले कारबाही थालेका थिए । बाणिज्य विभागको महानिर्देशक रहेका गौचन आपूर्ति गाभिएपछि पनि महानिर्देशक नै छन् । उनको काम पनि सकेसम्म उठाउनेमै सीमित छ । बाणिज्यको महानिर्देशक समेत जोड्दा गौचनको पनि ३ बर्ष भइसकेको छ ।

औषधि ब्यवस्था विभागको महानिर्देशक नारायणप्रसाद ढकालले ४ मन्त्री ब्यहोरिसकेका छन् । गगन थापाको पालामा महानिर्देशक भएका उनले दीपक बोहरा, राज्यमन्त्री पदमा अर्याल र हाल उपेन्द्र यादव गरी ४ वटा मन्त्रीको कार्यकाल पूरा गर्दैछन् । औषधिको आयात अनुमति, उद्योग दर्ता र उद्योगको अनुगमनमा अनियमितता गरेको आरोप ढकालमाथि लाग्ने गरेको छ । उनीमाथि अख्तियारले छानबिन गरिरहेको छ । औषधि व्यवस्था विभाग (डीडीए)ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) औषधि उत्पादन कुशल अभ्यास (जिएमपी) मापदण्ड पूरा नगरेको देखिएको छरु। भारतीय औषधि कम्पनी ओजन फर्मास्युटिकल्सको आयात अनुमतिपत्र नवीकरण गर्दा अनियमितता गरेको आरोप डीडीएमाथि लागेको छरु। डब्लुएचओ जिएमपी कम्प्लाई नभएको औषधि उद्योगको लाइसेन्स रद्द गर्नुपर्नेमा डीडीएले जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्दै ओजनको लाइसेन्स नवीकरण गरेको तथ्य फेला परेकाले छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

निरीक्षण टोलीले सम्बन्धित औषधि उत्पादक कम्पनीको लेखा परीक्षण गर्दा डब्लुएचओ जिएमपी कम्प्लाई नभएको भेटिए सो कम्पनीको लाइसेन्स रद्द गर्नुपर्ने कानुनी प्रावधान छरु। तर, ओजनको लेखा परीक्षण गर्न गएको निरीक्षण टोलीले डब्लुएचओ जिएमपी कम्प्लाई नभएको रिपोर्ट दिए पनि आर्थिक प्रलोभनमा परेर अख्तियारको दुरुपयोग गर्दै डीडीएका महानिर्देशक नारायणप्रसाद ढकाल र औषधि दर्ता महाशाखा प्रमुख वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको मिलेमतोमा पुसमा ओजनको लाइसेन्स नवीकरण गरेका थिए ।

आयुर्वेद विभागका महानिर्देशक वासुदेवशरण उपाध्याय खगराज अधिकारीको कार्यकालमा नियुक्त भएका हुन् । उनले त झन् ६ वटा मन्त्रीलाई ब्यहोरिसकेका छन् । पटक पटक विवादमा परे पनि उनी नै महानिर्देशक छन् । ४ बर्षभन्दा बढी समय उनले आयुर्वेद विभाग चलाइसकेका छन् । विभागले कार्यालय सहयोगीलाई अनुगमनमा पठाएको बिषयमा पनि चर्चा भएको थियो ।
साँघु

प्रतिक्रिया दिनुहोस्