Sunday 18th of August 2019

गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।

साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’

उनले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो ।

प्रतिक्रिया दिनुहोस्