Tuesday 17th of September 2019

प्रनेश गौतमलाई छाड्न अदालतको आदेश

काठमाडौं । युट्युब भिडियोमा गरिएको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युवा प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो ।

चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो । गौतमको पक्राउलाई लिएर सर्वसाधारण तथा नागरिक समाज विरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्