Friday 3rd of April 2020

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।

घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्