Tuesday 12th of November 2019

कुमार पौडेलको घटना सेलाउन नपाउदै हतियारसहित विप्लव समूहका दुई नेता पक्राउ

विराटनगर । अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको हो । धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समुहले जनपरिषद प्रमुख घोषणा गरेका व्यक्ति हुन् ।

पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको लालबन्दी-१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्