Monday 22nd of July 2019

बाहिरी चक्रपथको डिपिआरको ४ करोड रुपैयाँ छुट्याइएको छ : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले बाहिरी चक्रपथको डिपिआर निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याइएको बताउनु भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री महासेठले सरकारले भौति पूवाधार विकासमा विशेष ध्यान दिएको बताएका छन् ।

विनियोजन विधेयकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरूबाट आएको प्रश्नको जवाफ मन्त्री महासेठले भन्नुभयो सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकतामा राखी अध्ययनका लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको छ ।

मन्त्री महासेठले बाहिरी चक्रपथको डिपिआर निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याइएको जानकारी गराए। उनले ९१ प्रतिशत भन्दा बढी पुराना क्रमागत योजनाहरूलाई नै प्राथमिकता दिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्