Monday 22nd of July 2019

वीरगञ्जको सुन पसलमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जमा रहेको एक सुन पसलमा छाापा मारेको छ । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले छापा मारेको हो ।

पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले नगद गन्ने काम भइरहेको बताए ।

उनले भने, ‘हामीलाई ठूलै रकमको सूचना थियो । तर, अहिले ४० लाख ६ हजार मात्र भेटिएको छ ।’

प्रहरी अवैध रकम हुण्डी कारोबारको हुनसक्ने आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्