Sunday 8th of December 2019

रक्तिम राहदानी

टंक चन्द

भदौ महिनाको मिर्मिरे बिहानी,सिमसिमे पानी सङ्गै चलेको शुष्क हावाले अलि अलि सुक्न लागेका मकैका पातहरुलाइ हल्लाउदा आउने मधुरो आवाजमा फुसको छानो बाट सिल्पटको बटुकामा चुहिएको पानीको थोपाले तपतप दिएको मीठो आवाजले उसलाइ झल्यांस्स ब्यूंझायो ।आँखा नखुले पनि मन मस्तिष्क पुरै खुलिसकेको थियो ।झिस्मिसेमै घर छोड्नुको पीडा एका तिर र अर्को तिर अर्काको देश ,कस्तो होला जिवनचर्या आदि आदि।यहि खुल्दुलिले सुक्सुकिमै रात बितेको थियो ।अवाक मलिनो अनुहारसङ्गै, संङ्गै निद्रा देविको कामना गरेकी उसकि चमेली आँसु लुकायर मुस्कुराउन खोज्दै थिइ ।बोल्ने साहस थिएन उ सङ्ग ।निकै निद्रा लागेको बहाना बनायर गुट्मुटियो सिरक भित्र ।चिन्ता र भयका लाखौंलाख संजाल भित्र हराइ रह्यो धेरै बेर सम्म ।कति बेला निद्रा लाग्यो थाहै भएन उस्लाइ।

चमेलिले पोको पुन्तुरो तयार पारेर ब्यूँझाइ उस्लाइ ।हतार हतारमा चिसो पानी मुखमा छ्यापेर पुन्तुरो बोक्यो र आफ्नी चमेली लाई अंगालो हाल्यो ,भतभती पोल्ने तातो आँशुको थोपा चमेलिको गर्धनमा खसे, र बन्द ओठबाट कुनै शब्द प्रवाह हुन सकेन र मात्र बोल्यो चमेली म हिंडे छोराछोरिको राम्रो ख्याल गर्नु ,बेलैमा खानु सुत्नु र आमाको रेखदेख राम्रो सँग गर्नु ।अरु केही बोल्नै नसकि हिड्यो उ ।घर छोड्दा नमिठो अनुभूति होला भनेर आफ्ना पाँच बर्षकि छोरी र तीन बर्षको छोरालाइ बिदेश हिड्न लागेको जानकारी नै नदिइकन हिड्ने निर्णय गरेको थियो उसले ।आँगनिको तगारो काट्नै लाग्दा आमाको बृद्ध अनुहारको याद आयो तर,दैनिकी दरिद्रता भित्रको पहरा जस्तो कठिन दिनचर्याको सामु आमाको त्यो मुखाकृतिले जित्न सकेन ।तर,अन्तिम स्पर्श सम्झेर आमाको पाउ छुन्छु भन्ने सम्झेर फर्कियो आमाको कोठा तिर ।गरेको सायत राम्रो हुदैन ,नफर्किनुस भनेर चमेलिले रोक्न खोज्दा पनि उसले मानेन ।आमाको कोठामा पस्यो र आमाको पाउमा ढोग दिदै फर्कियो ।मस्त निद्रामा डुबेकी आमाले छोराको बिदाइमा दिएकोआशिष के थियो त्यो गर्भमै रहि रह्यो ।

माथी पातिहाल्ने डांडोमा पुग्यो र श्रद्धा स्वरुप दुई त्यान्द्रा दुबो टिपेर बनदेविलाइ चढाउदै आशिष माग्यो आफ्नो शुभ यात्राको र आफ्नि चमेली ,छोरी,छोरा लगायत उस्कि आमाको रक्षाको भिख माग्यो ।तल देख्यो आफ्नै जन्म घर अनि बचपन काटेको जन्मभूमी,जस्ले उत्साहित बिदाइका हातहरु हल्लाइरहेथ्यो ।रोक्नै नसकेर अाँशु चुहिय दुई थोपा र जमिनबाट फोक्का बनेर फुटे मानौं खुशीयालिमा पटका पट्कियका हुन।

एक दिनको पैदल यात्रा पछि शहर जाने बस भेटियो ।कोचिकोचाउ मान्छेको भिंड ।तर,उ सिर्फ एक्लो छ मानौ नयाँ बिहानीको खोजिमा निश्केको यकल यात्री । जिन्दगी कति कठिन छ बुझ्नेलाइ तर,नबुझ्ने लाई सरल छ ।गुडि रहन्छ सरर बस जस्तै ।चालकले चलायको छ बस तर, हामी भन्छौं क्या कुदेको छ ,भन्दैनौ कि क्या कुदाइयको छ ।यसरी नै कुदाइयको छ उस्लाइ कतै अन्तै पर कतै बास तिर ।देशको बेरोजगारिले,आधुनिक जिवनशैलिले,वास्तबमा भन्नू पर्दा साहुको ऋण र उस्को अशुभ बचनले ।कुद्दै जाँदा कता ठोक्किनु पर्ने हो कता पोखिनु पर्ने हो ,अनभिज्ञ ।ठाउँ -ठाँउमा बस रोकिन्छ र यात्रीहरु झर्ने र चढ्ने गरिरहन्छन,कोहि मिठा मुश्कान सहित त कोहि मलिन अनुहार सहित झर्छन र चढ्छन ।यहि छ खुशी लुटिइयका र गुमाइयकाहरुको अन्तर ।मनको भाव अनुहारले बोल्छ चाहे ओठहरु नचलुन ।यसैले अनुहार मानिसको पुरै जिन्दगी पढ्न मिल्ने किताब हो चाहे जे सुकै भाषामा किन नलेखियोस,सबैले सजिलै पढ्न सक्छन ।सबैको साझा भाषा र किताब हो अनुहार ।यस्तै मलिन अनुहार बोकेर उ शहरमा पुग्दा रात परिसकेको थियो ।

मन मस्तिष्क र दिनचर्या जेसुकै भए पनि एक प्रहर रात काट्न खुला आकासको छानो प्रयाप्त हुदैन हामिलाइ,जस्ले धेरै जोडा मुटुहरु बोकेर सिङ्गो ब्रम्ह जित्न निश्केका हुन्छौं ।यस्तै उ ओतको लागि छेवैको होटेलमा यक प्रहर रातमा लाखौं स्मृति टेकाउन पुग्यो ।उ बसेको टेबलमा एउटी रिया नाम गरेकी केटिआइ र सोधी चिसो तातो ।इन्कार गर्‍यो उस्ले ।मात्र सादा दाल भात तरकारिमा आफ्नो बेदना छिपायो ।काकाकुलको जस्तै कोलाहलमा शहर बिउँझियो मानौ सिङ्गो दिनचर्या जाग्यो ।कसैले ढोका ढकढक गर्‍यो ।चिया ल्यायकी रैछ रियाले ।तातो चियाको साथमा गरम नजरबाण हान्दै सोधी,दादा तपाईं के कामले शहर आको ?उस्को कर्णपृय आवाजले झस्कियो र आफैले आफैलाइ तल देखि माथी सम्म हेर्यो ।गाउँमा सुनेको दादा शब्दले चिथोर्यो उस्लाइ ।मारपिट गर्दै हिड्ने मान्छेलाइ दादा भन्छन उस्को गाउँ तिर ।समय सँगै बग्न नजान्दा यसरी अड्किन्छ जिन्दगी हलो अड्कियको हलगोरु झैं ।गाउँमा सुनेको दादा र अहिले सुनेको दादाको भिन्नता खोज्दैमा उस्को चिया सेलायो ।यसरी नै सेलाउछ गन्तब्यहिन जिन्दगी बाँच्नेहरुको चोला ।म बिदेश जानलाइ आको बहिनी,यहि छोटो उत्तरमै सबै भाव पोख्यो उस्ले ।सोझो पनको मीठो अनुभूति गरेर रिया बाहिरिइ ।

रिया वास्तबमै रिया नै थिइ।साहुनिको बहिनिको छोरी ।गाउँ बाट पढ्न शहर पसेकी।कोमल र सोझो बिचार ।अनि मीठो बोली ।रियाकै कमालले ब्यबसाय फस्टेको छ आजकल ।रात परे पछि अबेर सम्म अनेक तानावाना बुन्ने तन्नेरिहरुको आवत जावत भैरहन्छ।तर,उ सधैं परको बेन्चमा बसेर आफ्नो भबिश्य खाली टेबलमा देख्ने प्रयत्न गरिरहन्छ संधै ।

रियाको मिजासिलो बचनमा अड्किनेहरुको भिड लाग्छ हर सन्ध्यामा ।मन न हो कति दिन कैदी बनाएर बस्न सक्छ मनुवा ।अलि चासो दिएर नजर फलाक्छ रिया तिर उ ।अब त हल्का चमेलिहरुको स्मृति नजर समीप बाट हटाउदाइ लानु पनि त जरुरि छ उस्को लागि ।रणभूमिको बिजय आंकलन गर्ने योद्धाले परिवारको सम्मोह त त्याग्नै पर्छ नत्र पराजय निश्चित रहन्छ । सायद रियाले कुरो बुझी कि, दाइ आज अलिकती लिने ?मौन स्विकृतिको आभास मिल्दा एक प्याक टकारी रियाले ।।स्नेही रियाका नजरमा नजर मिलाएर एक सर्कोमै सुर्क्यायो उस्ले ।।नशाले नसा तताउदै जांदा भबिश्य भूल्यो उस्ले ।।।परिवारको ममताले तानेको आत्मालाई विश्राम दिलायो धेरै टाढाको कुनै संवरण सहरमा ।।

झुट्टा प्रलोभन देखाएर सोझा गाउँलेहरुलाइ सहरका पेटिहरुमा हल्लाउने दलालिहरुको कारण उ पनि केही समय हल्लिनु पर्ने भो ।पीर माथिको पिडामा दुख्ने घाउको ओखती त आखिर उहीँ नै हो मदिरा।आज त उस्ले रियासँग फर्माइस गरेर नै तान्यो मज्जाले अघाउँजी । सायद उस्लाइ पुर्यायो अजिब शहरमा त्यो नसाले न कि उ कहिल्यै पुगेको थियन ।उ होइन भू-मण्डल थर्किएको छ र सारा आकास उसै माथी खिशिटिउंरी गरिरहेछ उस्को मदहोसिमा।उ लर्खरिएको भारी शरीर लिएर भर्याङ्ग्को खुड्किलो उक्लदै गर्दा,रियाले कामुक नजरहरु फ्याँकि उस्को पुष्ठ शरीरमा ।।हिमालको शिरेठोलाइ लोप्पा ख्वाएर आर्जेको ज्यान न हो हेर्दैमा पहाड जस्तो शालिन लाग्छ उसै पनि ।

रियाको बयबदनमा ठुङ्न चाहने निरङ्कुस चुच्चा भएका केही बाजहरुको नजर उस्मा परेका थिए र लंका नजले पनि शंकामा जलाउनेहरुको पासोमा उ परिसकेको थियो किनकी रियाको आत्मियता र दयाभावको प्रशाद उस्ले लिइ सकेको थियो अन्जान र नजानिदो गरि ।उज्यालो भए पछि रिया चिया पुर्याउन उ कहाँ गइ तर,उ त्यहाँ थिएन मानौँ जे हुन नहुने थियो ।प्रहरिलाइ खवर गरियो ।प्रहरी त्यहाँ पुग्दा उस्को अचल पार्थिव शरीरले रगताम्मे राहदानी पक्डिरहेथ्यो ।।।।।
साहित्य संसारबाट
तुलसिपुर-९ बेलुवा दाङ्ग
हाल:अमेरिका टेक्सास
२०७६ असार १० गते

प्रतिक्रिया दिनुहोस्