Monday 22nd of July 2019

आफ्नै हजुरबाले गरे चार बर्षिय नातिनीको बलात्कार

काठमाडौं । प्रहरीले ललितपुरको टिकाथलीबाट आफ्नै नातिनीलाई करणी गर्ने ५१ वर्षे हजुरबालाई पक्राउ गरेको छ ।

रौतहट जिल्ला चन्द्र निगाहपुर–१ पौराही घर भई टिकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका ५१ वर्षे हजुरबाले रक्सीको नसामा नातिनीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

आफ्नै छोरीकी चार बर्षिय छोरी दाईसँग कोठामा सुतेको अवस्थामा उठाएर आफूसँगै लगेर अप्राकृतिक मैथुनको साथै जबरजस्ती करणी गरेको पीडित नातिनीले फुपुलाई सुनाएपछि फुपुको जाहेरीको आधारमा प्रहरीले बलात्कारीलाई असार ९ गते पक्राउ गरेको हो ।

पीडित नावालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथलीमा लगिएकोमा त्यसको प्रारम्भिक रिपोर्ट आइसकेको र विस्तृत रिपोर्ट केही दिनभित्रै आउने प्रहरीले जनाएको छ ।

पक्राउ परेका नाबलिकाको हजुरबुबामाथि जिल्ला अदालत ललितपुरबाट मंगलबार नै पाँचदिनको म्याद थपिअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडकको नाम सार्वजनिक गर्दा पीडित नातिनीको नाम पनि सार्वजनिक हुने हुँदा प्रहरीले दुबैको नाम गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्