Friday 22nd of November 2019

काभ्रेको पनौतीमा प्रहरीको गाडी दुर्घटना, सातजना घाइते

काठमाडौं । काभ्रेको पनौतीमा प्रहरीको गाडी दुर्घटना भएको छ । गाडी पनौती नगरपालिका-७ खर्पुमा दुर्घटना भएकाे हाे । संघीय प्रहरी इकाइ कार्यालय, बागमती गुल्मको गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिका-७ खर्पुमा ना१ग७४४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

२१ जना प्रहरी सवार उक्त गाडी मोडमा बा१३च५०७५ जीप छलाउन खोजेर अघि बढ्ने क्रममा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा दुईजना प्रहरीको हात भाँच्चिएको छ भने एकजनाको टाउको फुटेको छ । अन्य ६ जना सामान्य घाइते भएका छन्।

घाइतेमध्ये हात भाँच्चिएकालाई शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको छ। टाउको फुटेका प्रहरी हवल्दार बलराम तामाङलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्