Saturday 21st of September 2019

चन्द समूहद्वारा गाउँपालिको कार्यालयमा आगजनी

कालिकोट — नेत्र विक्रम चन्द समूहले नरहरिनाथ गाउँपालिकामा आगजनी गरेको छ । चन्द कार्यकर्ताले मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा आगजानी र तोडफोड गरेका हुन् ।

आगजनीबाट महत्वपूर्ण कागाजात जलेर नष्ट भएका छन्।आगजनीबाट ३ करोडको क्षति भएको गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले बताए। ‘महत्त्वपूर्ण कागजातसहित भौतिक सामान सबै नष्ट भएका छन्।’अध्यक्ष विष्टले भने, ‘आर्थिक वर्ष सकिने बेला कार्यालय जलाएपछि काम गर्न अप्ठेरो भयो।’

उनले मंगलबार राति नै नरहरिनाथ ५ रुप्सा र ६ माल्कोट सेरापाटास्थित वडा कार्यालयमा पनि तोडफोड गरी कागजात नष्ट गरेको जानकारी दिए।

कुमालगास्थित गाउँपालिका भवनभित्र रहेका महत्त्वपूर्ण कागजातसहित दराज, टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन जलेर नष्ट भएका छन्।गाउँपालिकाको २० लाख मूल्यको सोलार पनि जलेर नष्ट भएको छ।

राति १ बजेको समयमा चन्द कार्यकर्ताले पेट्रोल छर्किएर आगजनी गरेको कालिकोटका डीएसपी विनोद शर्माले बताए। डीएसपी शर्माले आगजनी गर्नेको खोजी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्