Wednesday 26th of February 2020

भारतीय कांग्रेस प्रदेश प्रवक्ता चौधरीको गोली हानी हत्या

काठमाडाैँ । भारतीय कांग्रेस प्रदेश प्रवक्तालाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको हो। कारबाट गइरहेको बेला चौधरीमाथि दुईजनाले गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ ।

गोली लागे लगत्तै अस्पताल पुुर्‍याइएका चौधरीको शरीरमा कम्तिमा १० गोली लागेको बताइएको छ। इण्डियन एक्सप्रेसका अनुसार बुधबार बिहान ९ बजे गोली लागेर गम्भीर घाइते भएका उनलाई ततकालै अस्पताल लगिएको भए पनि डाक्टरले बचाउन सकेनन्।

व्यक्तिगत रिसीबिका कारण चौधरीको हत्या गरिएको हुन सक्ने फरिदाबाद प्रहरीका सुुबे सिंहले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्