Tuesday 25th of February 2020

तामाकोसीमा माछा घटेपछि कारण खोज्दै विज्ञटोली

काठमाडाैं । नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ ।

केही वर्षअघिसम्म बाह्रैमास यो नदीमा माछा पाइन्थे । केही वर्षयता नदीमा डोजर प्रयोग, पहिरो साथै जलविद्युत् आयोजनाका कारण माछा घटेको आशंका छ । गौरीशंकर संरक्षण क्षेत्र र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले नदीको सिंगटीदेखि माथिल्लो क्षेत्रमा नदीभित्र माछाको अवस्थाबारे खोजी गर्न थालेका छन् ।

संरक्षण क्षेत्रले च्छोरोल्पा हिमतालदेखि सिंगटीसम्म र वरपरका नदीनालामा माछाको अवस्था अध्ययन गर्न परामर्शदाता कम्पनीमार्फत विज्ञ टोली खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्