Thursday 14th of November 2019

सार्वजनिक विद्यालयका कर्मचारीलाई पोसाक भत्ता

काठमाडाैं । सरकारले चालु आर्थिक वर्षदेखि सर्वजनिक विद्यालयका प्रारम्भिक बालविकार केन्द्रका सहयोगी कार्यकर्ता र कर्मचारीलाई अन्य सरकारी कर्मचारी र शिक्षकसरह पोसाकभत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

त्यस्ता सहयोगी कार्यकर्ता तथा कर्मचारीको संख्या ६४ हजार छ । उनीहकरुले पोसाक भत्ताबापत वार्षिक एकमुष्ट १० हजार रुपयाँका दरले पाउने मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्