Sunday 23rd of February 2020

शान्ति प्रक्रिया भाँड्न चलखेल भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् ।

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास घातक भएको बताए । शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि जनाए ।

कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । उनले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी -बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्