Thursday 14th of November 2019

एसईईमा उत्तरपुस्तिका साटेको शंका

काठमाडौं । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ ।

जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो । भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परीक्षा दिएका थिए । स्रोतका अनुसार भण्डारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकृत जीवन भण्डारीका छोरा हुन् ।
बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहँदा उत्तरपुस्तिाका साटेको भनी उजुरी परेको थियो ।

प्रारम्भिक अध्ययन गर्दा उत्तरपुस्तिका साटेको भन्ने आरोप बलियो देखिएपछि असार १२ गते बोर्डले छानबिन समिति गठन गरेको थियो ।उत्तरपुस्तिका साट्न शिक्षाकै कर्मचारी संलग्न रहेको आशंका बोर्डको छ ।

प्रतिक्रिया दिनुहोस्