Monday 22nd of July 2019

‘सामूहिक बलात्कार’ को भिडियो भाइरल

एजेन्सी । कलेज पढ्ने केटीलाई पाँच जना युवकले पाँच जना युवकले बलात्कार गर्छन् । उनीहरुले बलात्कारको दृश्य खिचेका हुन्छन् ।

कलिली उमेरकी युवतीलाई बलात्कार गर्ने युवकले खिचेको भिडियो साथीहरुसँग शेयर गर्ने क्रममा चुहिन्छ । सामाजिक सञ्जाल ह्वाट्सएपबाट चुहिएको भिडियो मङ्गलबारबाट भाइरल भएको छ ।

भारतको कर्नाटक राज्यमा पाँच महिना अघि घटेको घटना अहिले बाहिर आएको हो । घटनाबारे युवतीले कतै उजूरी गरेकी थिइन् ।

लोकलाजको डरले कसैलाई नभनेकी उनको भिडियो भाइरल भएपछि भारतको प्रहरी गम्भीर भएको खबर इन्डिन एक्सप्रेसमा आएको छ । कर्नाटक राज्यको दक्षिण कन्नड प्रहरी स्टेशनले तत्काल भिडियो शेयर नगर्न र सुरक्षित नगर्न सूचना जारी गरेको छ ।

प्रहरीले घटनामा संलग्न पाँच युवकलाई पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्