Monday 22nd of July 2019

बैंकहरुले लगानी गरेको ६९ अर्ब ऋण कालोसूचीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण कालोसूचीमा परेको छ ।

तोकिएको समयमा ऋणीले नतिरेपछि सो ऋण कालोसूचीमा परेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरमा शंका व्यक्त गरिरहेको समयमा खराब ऋणी बढेको तथ्यांक बाहिर आएको हो ।