Tuesday 12th of November 2019

सरकारी रवैयाले खानीको खोज अनुसन्धान अलपत्र

काठमाडाैं । नेपालमा फलाम, तामा, सुनलगायतका खानी रहेका भए पनि यसको विशद् अध्ययन र उत्खनन ओझेलमा परेको छ । ०३३ मा खानी तथा भूगर्भ विभाग यस्तै खानीहरुको अन्वेषणका लागि स्थापना भएका भए पनि कुहिरोको कागजस्ता बनेका छन् ।

फलाम तथा तामा मात्रै होइन, सुन समेत पाइने गरेको चर्चा वर्षौंदेखि चल्दै आएको छ । सन् १९३४ मा नेपालका खोला तथा नदी किनारमा सुनका कण रहेको प्रतिवेदन पहिलोपटक सार्वजनिक भएको थियो । र, यो सम्भावना औंल्याउने व्यक्ति थिए– भारतीय वैज्ञानिक एसके चटर्जी ।

कालीगण्डकी नदी किनारमा किनारमा सुनबारे अध्ययन गरेका चटर्जीले त्यहा“ सुनका कण रहेको औंल्याएका थिए । उनले प्रतिवदेनमार्फत् उतिबेलै भनेका थिए– कालीगण्डकी क्षेत्रमा ४ लाख १३ हजार ४ सय ८७ ग्राम बराबर सुन छ ।

सन् १९५८ मा पनि यस्तै गरी सुनखानीबारे अन्वेषणको प्रयास भएको पाइन्छ । यो प्रयास विदेशबाट नभएर नेपाल आफैंले गरेको थियो । अध्ययन टोलीले भारतीय वैज्ञानिकले झैं सुनखानीको सम्भावना औंल्याएको थियो । जेआर मानन्धर नेतृत्वको समूहले गरेको अध्ययनबाट चितवनको खोलामा सुन रहेको फेला परेको थियो । यस्तो प्रतिवेदन सार्वजनिक भएको पनि ६१ वर्ष भयो । तर अहिलेसम्म बहुमूल्य सुनको सम्भाव्यता अध्ययनमा सरोकारवाला संवेदनशील कमै देखिएका छन् ।

विभाग नै अनविज्ञ

सुनको सम्भाव्यताबारे फाटफुट अध्ययन भए पनि पछिल्लो समय यसबारे स्वयं खानी तथा भूगर्भ विभागले समेत ध्यान दिन छाडेको छ । नेपालका नदी किनारमा सुनका कण भेटिएको वर्षौं भइसके पनि कुन स्थानमा कति परिमाणमा छ भनेर विभागले नै ठम्याउन सकेको छैन । बरु विदेशीहरुले यसमा चासो देखाउ“दै आएका छन् । ३ वर्षअघि मात्रै जाजरकोट सदरमुकाम नजिकै रहेको धल्लामा सुन खोजतलासका लागि चाइनिज सङचिङ्गले ६ करोड रुपैया“ खर्च गर्ने समाचार प्रकाशमा आएको थियो । तर त्यसको प्रगति के भयो भन्नेबारे भने खासै खोजखबर भएन । विभिन्न देशहरुले नेपालमा रहेको सुनखानीबारे चासो देखाइरह“दा सरकारी तबरबाट भने ठोस प्रयासको थालनी नहुनु चिन्ताको विषय भएको खानी तथा भूगर्भविदहरु बताउ“छन् ।

सुनखानीबारे अध्ययन गर्न सरकारले निजी क्षेत्रलाई भने अगाडि सार्दै आएको छ । ११ स्थानका सुनखानीबारे खोजतलास गर्न ९ कम्पनीलाई अनुमति दिइएको छ । तर ती कम्पनीहरुले पनि ठोस प्रगति हासिल गर्न सकेका छैनन् । विभागका अनुसार उत्खननमा अहिलेसम्म कुनै प्रगति हासिल हुन सकेको छैन । विगतका प्रतिवेदनहरुमा नै सरकार मखलेल भएर बसेको छ ।

सुनखानीको सम्भाव्यता औंल्याउ“दै प्रतिवेदनहरुले यसको उत्खननका लागि झक्झकाइरहेका भए पनि यसका लागि विभागले कुनै तदारुकता देखाएको छैन । बजेट तथा नीति तथा कार्यक्रमको वहाना बनाउंदै पन्छिने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्ष ०७५÷७६ मा सुन अन्वेषण तथा उत्खननका लागि कुनै पनि कार्यक्रम समावेश गरिएन । आ.व ०७६÷७७ मा पनि यसलाई समावेश गरिएन ।

खानीको अध्ययन अनुसन्धान र परिचालनमा कमजोर देखिंदै आएको विभाग प्रविधिमा पनि कमजोर छ । फलाम, तामा, सुन, चांदीजस्ता खनिज उत्खनन अघि विस्तृत अध्ययन गरिन्छ । खानीहरुको अध्ययनमा नया“ नया“ प्रविधिहरुको प्रयोग हु“दै आइरहेको भए पनि विभागलाई त्यसको पत्तो छैन । अध्ययनका लागि आवश्यक पर्ने फिल्ड अध्ययन प्रविधि र परीक्षण गर्ने गतिलो ल्याब नभएको विभाग स्वयं बताउ“छ ।

नेपालका कुन–कुन क्षेत्रमा छ सुन ?

कालीगण्डकी क्षेत्रमा ४ लाख १३ हजार ४ सय ८७ ग्राम बराबर सुन छ । सन् १९३४ मा पहिलोपटक विदेशी प्रयासबाट भएको अध्ययनका क्रममा यस्तो औंल्याइएको भए पनि यसको परीक्षण अझैसम्म भएको छैन ।

रोल्पाको लुंगी खोला, बैतडीको बांगाबगर, गोरङ, जमारीगाढ, डडेलधुराको बामनगाउ“मा पनि सुनका कण भेटिएका थिए । बूढीगण्डकी नदीको बालुवामा १८ किलो सुन हुनसक्ने प्रक्षेपण छ ।

त्यसैगरी अन्य नदीहरु त्रिशूली, मस्र्यांदी, सेती, सुनकोसी, कालीगण्डकी, चमेलिया, राप्ती, मादी, म्याग्दी, मारोडी, मोदी, महाकाली नदी किनारमा पनि सुन भेटिएको छ । विज्ञहरुले यी नदीका किनारमा भेटिएका सुनको अनुसन्धान गर्दै यसका उदगम स्थलमा त्यस्ता खानीहरु हुनसक्ने लख काटेका छन् । भौगर्भिक हिसाबले सुन रहने आधार पत्थर नेपालको हिमालय, चुरे र महाभारत पर्वत क्षेत्रमा भेटिएको छ । अध्ययनका क्रममा नदी किनारको एक टन बालुवामा ०.१ देखि ४ ग्रामसम्म २४ क्यारेटको सुन रहेको देखाएको छ । एक टन बालुवा छान्दा औसत ३ ग्रामसम्म सुन भेटिनुलाई अन्तर्राष्ट्रिय रुपमा सुनको सम्भाव्यका रुपमा हेरिन्छ ।

सुनको प्रयोग पछिल्लो समय बढेर गएको छ । विवाह, पर्वलगायतमा सुनको प्रयोग हुने भएकाले यसको माग एकपछि अर्को बढ्दै गएको सुन व्यवसायीहरु बताउ“छन् । एक अध्ययनअनुसार नेपालमा वार्षिक ७ हजारभन्दा बढी सुन भित्रिने गरेको छ । जसको मूल्य वार्षिक ३४ अर्ब ५६ करोड रुपैया“ बराबर हुन्छ । यति ठूलो मात्रामा सुन भित्रि“दा बढ्दो व्यापार घाटालाई यसले थप बढावा दिएको अर्थविद्हरुको भनाइ छ ।

सरकारले ०७३ पुसमा खानी क्षेत्रको सुरक्षा तथा उत्खननसम्बन्धी नया“ मापदण्ड ल्याएको थियो । खानीहरुको उत्खनन तथा अन्वेषणलाई सहज पार्न त्यसतो मापदण्ड बनाइएको भए पनि फलाम, तामालगायतका खानीहरुको उत्खननमा ठोस प्रगति हुन सकेको छैन । देशभित्र रहेका खनिज पदार्थहरुको समयमै अध्ययन अनुसन्धान र उत्खनन गर्न पाए सरकारको समृद्धिको यात्रालाई बल पुग्ने थियो कि ?

प्रतिक्रिया दिनुहोस्