Monday 22nd of July 2019

दोस्रो विवाह गर्दै रीमा विश्वकर्मा !

काठमाडाैं । चर्चित नायिका रीमा विश्वकर्मा अर्को विवाह गर्ने तयारीमा जुटेकी छिन् । शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका विश्वकर्माले आफूले अर्को विवाह गर्न सक्नेबारे खुलासा गरेकी हुन् ।

रिमाको पहिलो विवाह लण्डन बस्ने नेपाली युवा रोबट विश्वकर्मासँग भएको थियो । तर, उक्त विवाह धेरै वर्ष टिक्न सकेन । उनीहरु डिभोर्स दिन बाध्य भएका थिए । त्यसयता रिमाले अब विवाह नगर्ने घोषणा गर्दै आएकी थिईन ।

रिमाले आफूले नियमित व्यायाम गर्ने गरेको पनि सुनाईन् । तर, कति घण्टा एक्सरसाईज गर्ने भन्ने कुरा खाना कति मात्रामा खाएको छ सोहीअनुसार मात्रै गर्ने गरेको पनि उनले स्पष्ट पारिन् । उनले आफू खानामा निकै कन्सियस रहेको पनि खुलासा गरिन् ।

सकभर घरमै पकाएको स्वस्थकर खानामा आफ्नो बढि ध्यान हुने गरेको पनि उनले जनाईन् ।उनले भनिन्,”जस्तो म सुपहरु धेरै खान्छु । फलफुल पनि नियमित लिन्छु । भेजिटेवलमा म केन्द्रित हुन्छु । म माछामासु चाहीँ धेरै कम खान्छु ।” अहिलेको चलेको नायिकाहरुमध्ये तपाई सबैभन्दा राम्री नायिका हो भनेर ? पत्रकार धमलाले सोधेको प्रश्नमा उनले आफू सबैभन्दा राम्री हुँ भनेर दाबी नगर्ने तर राम्रीमध्येमा पर्ने स्पष्ट पारिन् ।आफ्नो दिनाचार्य शारिरीक व्यायाबाट सुरु हुने रिमाको भनाई छ । तर, कहिलेकाहीँ उनी मानसिक एक्सरसाईजमा पनि उतिकै व्यस्त हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्