Monday 22nd of July 2019

पुजारीमाथि बाल यौनदुराचारको आरोप

जनकपुर । जनकपुरमा पुजारीमाथि बाल यौनदुराचारको आरोप लागेसगै पुजारी फरार रहेका छन ।

जनकपुर तुलसी स्मारक कुटीका पुजारी शिवशंकर दासले लामो समयदेखि ट्यूसन पढाउने बहानामा छात्राहरुसँग यौनदुराचार गर्दै आएकोले साधुसन्तहरुको एक समूहले कारवाही माग गरेका छन् ।

प्रहरीका अनुसार गलत कृयाकलापले धर्म र समाजमा विकृति बढेका भन्दै साधुसन्तको टोलीले तत्काल यस समस्याको समाधानका लागि तुलसी स्मारकबाट पदच्यूत गरी हटाउन र कारवाही गर्नका लागि माग गरेका हुन ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर–८ स्थित तुलसी स्मारक कुटीका पुजारी हुन यौनदुराचारको आरोप लागेका शिवशंकर दास ।साधुसन्तसहित पीडितको टोली जिल्ला प्रहरी कार्यालय धनुषामा गएको थाहा पाए लगत्तै दास पनि दिउसो अन्दाजी १२ बजेको समयदेखि नै कुटीका अधिकांश सामाग्री सहित फरार छन् ।

आवश्यक कारवाहीका लागि प्रहरी परिचालन गरेको प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्