Monday 22nd of July 2019

वैदेशिक रोजगारी: स्वदेशमा मृत्यु भए पनि राहत

काठमाडौं । सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तर बिदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरुका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ।

यसअघि रोजगारीको क्रममा विदेशमा मृत्यु भए त्यस्ता कामदारका परिवारले मात्र सुविधा पाउने व्यवस्था थियो। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बोर्डको बैठकले स्वदेशमा मृत्यु भएका कामदारका आफन्तलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ। श्र

म स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा मृत्यु हुँदा उनीहरुका आफन्तले राहत पाउने तर स्वदेशमा मृत्यु भएकालाई राहत नदिँदा विभेद भएका भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्