Monday 22nd of July 2019

कोरियन पुरुषले बिदेशी श्रीमतीलाई लगातार ३ घण्टा पिटेपछि

सोल । एक दक्षिण कोरियाली पुरुषले बिदेशी श्रीमतीलाई लगातार पिटेको कोरियाली संचार माध्यमले जनाएका छन् |

संचार माध्यमले जनाए अनुसार कोरियन भाषा प्रष्ट नबोलेको भन्दै ती पुरुषले भियतनामी श्रीमतीलाई तीन घण्टा सम्म निर्घात पिटेका थिए |

नाम उल्लेख नगरिएको ती पुरुषले कोरियन भाषा राम्रो संग नबोलेको भन्दै दुई बर्षे छोराको अघि राती ९ बजेदेखि १२ बजेसम्म लात र मुक्का हानेका थिए |

पिटाइले भियतनामी महिलाको करंग भाचिएको छ भने शरीरको अन्य भागमा चोटपटक लागेको छ | चिकित्सकहरुले पीडित महिलाको उपचार चार हप्ता लाग्ने बताएका छन् |

पत्नी पिट्ने कोरियन पुरुष अहिले प्रहरी हिरासतमा छन् |

प्रतिक्रिया दिनुहोस्