Monday 22nd of July 2019

‘हुन्न है’ सार्वजनिक

काठमाडौं । किशन पोखरेलले निर्देशन गरेको चलचित्र ‘यो माया कस्तो माया’को ‘हुन्न है’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रदर्शन मिति तय भएको यो चलचित्र असोजमा रिलिज गरिने तयारी गरिरहेको निर्देशक पोखरेलले जानकारी दिए । निर्देशक पोखरेलका अनुसार चलचित्र पूर्णरूपमा प्रेमकथामा आधारित रहेको छ । सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान तथा उद्धिपध्वज थापाको आवाज रहेको छ । गीत लेखन भने अम्बिका शर्माको रहेको छ । गीतमा दिवस धिताल र रितु पौडेलको अभिनय छ ।

गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदीको छायांकन तथा अर्जुन जिसीले सम्पादन गरेको यो चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् ।

यसअघि भूषण आनन्द ठकुरीले निर्देशन गर्ने जनाइएको यो चलचित्र उनले बीचैमा छोडेपछि पोखरेलले गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्मातामा इन्द्र रजक, समृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमलचन्द्र पोखरेल र गोविन्द बर्देवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्