Tuesday 12th of November 2019

‘कबड्डी कबड्डी कबड्डी’ को टिजर

काठमाडौं । राम बाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’टिजर सार्वजनिक भएको छ । १३ भाद्रदेखि देशभर रिजिल हुने तयारी रहेको यो चलचित्र सन् २०१४ मा प्रदर्शनमा आएको ‘कबड्डी’ को सिक्वेलको रूपमा आएको हो ।

‘कबड्डी’ले राम्रो व्यापार गरेपछि सन् २०१५ मा त्यसको पहिलो सिक्वेल ‘कबड्डी कबड्डी’ बनेको थियो । उक्त चलचित्रले पनि राम्रै व्यापार चर्चा कमाउन सफल भएपछि ‘कबड्डी कबड्डी कबड्डी’ बनाइएको निर्माण पक्षले जनाए छ । चलचित्रमा अभिनेता दयाहाङ राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, अरुणा कार्की पोखरेल, विजय बराल,विल्सन विक्रम राईलगायतका कलाकारको मुख्य भूमिका छ । त्यस्तै, अभिनेत्री उपसना सिंह ठकुरी, शिला खनाल लगायतको अभिनय छ ।

च्लचित्रको लेखन निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ । चलचित्रका निर्माता मनिराम पोखरेल, अर्जुन कार्की तथा ओम चन्द रौनियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्