Tuesday 12th of November 2019

बेहुलीजस्तै रारा

मुगु । कर्णाली प्रदेको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा वरपर फूलपूmलेर ढकमक्क भएको छ । रारा वरपर विभिन्न प्रजातिका फूलैफू छन् ।

रारा वरिपरिका तालछेउ किनारमा रंगचंगगी फूलफूलेका छन् । राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीनपटकसम्म तीनपटक रूप बदल्ने गर्दछ । त्यही रङमा फूलको वरपरीको सौन्दर्यले रारा झनै मनमोहक भएको छ । यही रूपमा रमाउन यतिवेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् ।

यति वेला रारा फूलफूलेर ढकमक्क मात्र होइन रारा मनमोहक देखिएको रारा घुम्न आएका पर्यटक विकेश राईले बताए । मुर्माटपसम्म पुगेर रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने उनी बताउँछन् । समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको रारा ताल पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको छ ।

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्वपूर्ण मानिँदै आएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्