Monday 22nd of July 2019

चार कुरामा ध्यान दिए घट्छ विषादीको असर

काठमाडौं । टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरुको भनाइ छ । बरु अलिकति किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ ।

बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफुलमा विषादी कम हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद् बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी फलफुलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन् ।

यसरी कम गर्न सकिन्छ विषादीको असर

–तरकारी किनेर ल्याएपछि १–२ दिन प्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ ।

–नुनपानीमा आधा घण्टा डुबाएपछि सफा पानीमा पखालेर खानुपर्छ ।

–बोक्रा ताछेर मात्र प्रयोग गर्दा असर कम हुन्छ ।

– गोलभेंडा बाहिर सेतोसेतो दाग देखियो भने त्योे एक दुई दिनअघि विषादी हालेर ल्याएको हो भन्ने थाहा पाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्