Friday 21st of February 2020

१७ वाणिज्य बैंक मर्जरमा जाने, तीन सरकारी सहित ११ बैंक अन्योलमा

काठमाडौं । १७ वाणिज्य बैंक मर्जरमा जाने भएका छन । तर तीन सरकारी सहित अन्य ११ बैंक भने अझै अन्योलमा छन । नेपाल राष्ट्र बैंकले असार १२ गते बिहीबार वाणिज्य बैंकहरूलाई मर्जरमा जान निर्देशनात्मक सल्लाह दिएयता १७ वटा बैंकले मर्जरका लागि प्रतिवद्धता जनाएका छन् ।

यो समाचार तयारपार्दा सम्म २८ वाणिज्य बैंकमध्ये १७ वटाले मर्जरमा जाने प्रतिवद्धता सहित राष्ट्र बैंकलाई पत्र बुझाएका छन । राष्ट्र बैंकले मर्जर जान प्रोत्साहन गरे बैंकहरू मर्जरमा जान तयार रहेको पत्र आएको राष्ट्र बैंकले स्रोतले बताएको छ । यद्यपी तीन सरकारी सहित अन्य ११ बैंकले मर्जरका विषय अझै अन्योलतामा रहेको बताईएको छ ।

यी हुन मर्जरमा जाने १७ वाणिज्य बैंकहरु
१ःएनएमबी,२ःसनराइज,३ःसिटिजन,४ःलक्ष्मी,५ःएनसीसी,६ःसानिमा,७ःसिभिल,८ःमाछापुच्छ्रे,९ःसेन्चुरी,१०ःनेपाल एसबीआई,११:ग्लोबल,१२ःजनता,१३ःनेपाल इन्भेष्टमेन्ट,१४ःएनआईसी एशिया,१५ःहिमालयन,१६ःमेगा,१७ःकुमारी

प्रतिक्रिया दिनुहोस्