Sunday 15th of December 2019

बिजयपुरको पुल भत्कियो

काठमाडौं । पोखराको विजयपुर खोलामाथिको पक्की पुल नजिकै बनाइएको डाइभर्सन पुल आइतबार आएको बाढीले भत्काएपछि मालबाहक गाडी पोखराको तल्लो गगनगौडामा अलपत्र परेका छन् ।

यो पुलको बटमकड चर्किए पछि गत फागुनदेखि कास्की प्रशासनले मालवाहक गाडी गुडाउन रोक लगाएको थियो । डाइभर्सन पुल भत्केपछि पोखरा, बागलुङ, जोमसोमलगायतका क्षेत्रमा जान सामान बोकेर आएका मालबाहक ट्रक सोमबार बिहान ४ बजेदेखि गगनगौडामा अलपत्र परेका हुन् ।

खोलामा आएको बाढीले डाइभर्सन पुल भत्केपछि ट्राफिक प्रहरीले धेरै लोड भएका ट्रकलाई पोखराको लेखनाथ गगन गौडामा रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्