Sunday 8th of December 2019

डेढ करोडले चलाउँछन् मोबाइल इन्टरनेट

काठमाडौं । कुल जनसंख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने गरेको छन्। त्यो पनि ब्रोडब्यान्ड। यसै वर्षको वैशाखसम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभरका एक करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने गरेको पाइएको हो।

केन्द्रीय तथ्यांक विभागले गरेको कुल दुई करोड ९५ लाख बराबरको नेपालको जनसंख्याले प्रक्षेपाणका आधारमा प्राधिकरणले यो तथ्यांक तयार पारेको छ। कुल जनसंख्याका आधारमा मोबाइल ब्रोडब्याण्डको पहुँचमा रहेको संख्या करिब आधा हो।

प्रतिक्रिया दिनुहोस्