Monday 22nd of July 2019

पहिरोले पुरेर रामेछापमा १ जनाको मृत्यु

रामेछाप । पहिरोले पुरेर रामेछापमा १ महिलाको ज्यान गएको छ । अर्का १ जना घाइते छन् ।

अविरल वर्षासँगै शुक्रबार बिहान खसेको पहिरोले पुरेर रामेछाप नगरपालिका–५, रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको हो ।

घर नजिकै रहेको गोठमा घाँस हाल्न गएकी पदमकुमारीसँगै अर्का ४५ वर्षीय असली सुनुवारलाई पनि बगाएको थियो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, असलीको भने ज्यान जोगिएको छ । उनी घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्