Friday 28th of February 2020

कमला नदीले बगाएर एकको मृत्यु, तीन वेपत्ता

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका डकाहामा कमला नदील बगाउँदा शनिबार एक बालकको मृत्यु भएको छ भने तीनजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षीय कार्वन कापडीको मृत्यु भएको हो ।

सुतेको घरमै बाढी पसेर ६ जना बगाएका मध्ये दुइ जनाको सकुशल उद्धार गरिएको छ । कमला नदीले बगाएर वेपत्ता हुनेमा एक वर्षका सर्जन कापडी, ७ वर्षीय आँधी कापडी र ६० वर्षिया मरणी कापडी रहेका छन् ।

वेपत्ता हुनेको खोजी भैरहेको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्