Saturday 25th of January 2020

दलाई लामाको उत्तराधिकारी चयन गर्ने विषयमा नबोल्न चीनको भारतलाई चेतावनी

ल्हासा । चीनले निर्वासित धर्मगुरु दलाई लामाको उत्तराधिकारी चयनमा चासो नदिन चेतावनी दिएको छ । उसले दलाई लामाको उत्ताराधिकारीबारे हुने कुनै पनि निर्णय चीनमा नै हुनुपर्ने स्पष्ट पारेको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रका महानिर्देशक वांग नेंग शेंगले ल्हासामा भारतीय पत्रकाहरुसंग कुरा गर्दै यसमा भारतले दखल दिए द्धिपक्षिय सम्बन्धमा नै असर पर्ने चेतवानी समेत दिएका छन् । उनले चीनका लागी यो विषय निकै संवेदनशिल भएको र उत्तराधिकारीको चयन २ सय वर्ष पुरानो प्रक्रियाअनुसार नै यसको छिनाफानो चीनमा हुनुपर्ने बताए ।

सहायकमन्त्री स्तरका अधिकारी शेंगले दलाई लामाको उत्तराधिकारी एक ऐतिहासिक,धार्मीक र राजनीतिक मुद्दा भएको स्पष्ट पारे । उनले दलाई लामाको उत्तराधिकारीको वारेमा निर्णय उनले र अरु कुनै देशमा रहने जनताको समुहले गर्न नपाउने चेतावनी समेत दिए ।

८४ वर्षका लामाको उत्तराधिकारी को होला भन्ने वारेमा पछिल्लो समय विश्वभर चर्चा भइरहेको छ । चीनले भने दलाई लामाको विषयमा निर्णय गर्नुअघि कुनै पनि छिमेकीले यो चीनको एक गम्भिर मुद्दा हो भनेर सोच्नुपर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्