Wednesday 22nd of January 2020

जस्तो अन्न, त्यस्तै मन

काठमाडाैं । प्रसिद्ध ग्रन्थ महाभारतमा एउटा प्रसंग छ, इच्छामृत्युको वरदान पाएका भिष्म अर्जुनले बनाइदिएको शरशय्यामा हुन्छन्। महाभारतको युद्ध सकिएसँगै पितामह भीष्म धर्मराज युद्धिष्ठिरलगायत नाति, नातिनीबुहारी आदिलाई ज्ञानका उपदेश दिन्छन्। पितामहका ज्ञानका उपदेश एकचित्त भएर सुनिरहेका हुन्छन्।

तर, पाण्डवपत्नी द्रौपदी भने मन्द मन्द मुस्कुराउँछिन्। कुनैवेला राजसभामा आफू निर्वस्त्र हुन लाग्दा समेत रोक्न नसकेको आफूले अहिले ज्ञानको उपदेश दिएकोप्रति द्रौपदीको मुस्कान लक्षित भएको भीष्मजस्ता ज्ञानी पुरुषले नबुझ्ने कुरै थिएन।

‘त्यतिखेर मैले दुर्योधनको अन्न खाएको थिएँ, जसको अन्न खाएको छ उसको पक्ष लिनु स्वाभाविकै हो’, उनी थप्छन्, ‘दुर्योधनजस्ताको अन्न खाएकाले त्यतिबेला यस्ता दुष्कर्म रोक्नसक्ने सामर्थ्य ममा थिएन।’ खाएको खानेकुराले मानिसको बोली व्यवहारमा समेत असर पुर्याउने हुनाले नै जे पायो त्यही र जसले पायो उसले दिएको खानेकुरा नखानु भन्ने नीतिशास्त्रको सन्देश छ।

प्रतिक्रिया दिनुहोस्