Friday 3rd of April 2020

कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर खुल्याे

काठमाडौं । कृषि विकास बैक लिमिटेडले विभिन्न पदमा ३८४ जनाका लागि दरखास्त आव्हान गरेको छ । आर्थिक वर्ष २०७५र७६ कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।

बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मका पदमा दरखास्त मागेको छ। वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर९आइटी २० जना, व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना एवं लेखापाल गरी ३८४ कर्मचारीको माग गरेको छ ।

विराटनगरका लागि ६७ लेखापाल, भैरहवाकेन्द्रका लागि १ सय लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ लेखापालको माग गरिएका छ। दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्