Monday 16th of December 2019

४३ किलो चरेससहित भारतीय महिला पक्राउ

चितवन — प्रहरीले चितवनमा ७० वर्षीया एक भारतीय महिलालाई ४३ किलो चरेससहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले सोमबार राति सवा १० बजे रत्ननगर नगरपालिका–२ बाट भारत मोतिहारी जिल्ला घर भएकी नुरजाहा खातुनलाई नियन्त्रणमा लिएको हो ।

रत्ननगरमा उनी आफ्नो छोरीको घरमा बस्ने गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायणण कोइरालाले बताए।

टाँडी इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष आचार्यको टोलीले खानतलास गर्दा ४३ किलो चरेस बरामद गरेको कोइरालालले बताए। बरामद ४३ किलो चरेस र महिलालाई इलाका प्रहरी कार्यालय टाँडीमा नै राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्