Thursday 12th of December 2019

३ सय बिजुली बस किन्न ३ अर्ब निकासा

काठमाडौं । सरकारले ३ सय वटा बिजुली बस किन्न ३ अर्ब रुपैयाँ निकासा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार साझा यातायातलाई बस खरिद र संचालनको जिम्मेवारी दिएको छ । प्रदुषण रहित उपत्यका बनाउन विद्युतीय बस सञ्चालन गर्ने योजना अन्तर्गत यो रकम दिइएको हो । साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले ३ अर्ब रुपैयाँ साझालाई प्राप्त भइसकेको जानकारी दिए ।

‘युरो ४ मापदण्डका बस सञचालन गरिराखेका छौँ’ पाण्डेले भने, ‘उपत्यकालाई विद्युतीय बसको सहर बनाउने साझाको अभियान हो, त्यो जारी रहन्छ ।’ बिजुली बस खरिदका लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड रुपैयाँ प्रदान गरेका छन् । ‘यो रकम पनि विजुली बस खरिदकै लागि हो’ पाण्डेले भने, ‘टेण्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाउँछौँ ।’

मन्त्रिपरिषद बैठकले पनि साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो । त्यसपछि मन्त्रालयले साझालाई बिजुली बस खरिदका लागि ‘स्पेसिफिकेसन’ समेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्