Friday 28th of February 2020

राम मन्दिरको ३७० रोपनी जग्गा गायब

काठमाडौँ । गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए। अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ ।

काठमाडौंका नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ । जग्गाबाट खासै आयस्ता पनि आउँदैन। वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेको रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए । ‘सबै जग्गा मोहीले कमाएका छन्’, उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन् ।’

निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन । यस्तै जग्गामा कति मोही छन् भन्ने तथ्यांक छैन । सदस्यसचिव राणा भन्छन्, ‘सरकारसँग त विवरण छैन, हामीसँग के हुन्छ ? ’ मन्दिरको आर्थिक स्रोत चन्दा, दक्षिणा, भेटी तथा मन्दिर प्रांगणमा सेवासुविधा दिएबापत विवाह, व्रतबन्धबाट प्राप्त हुने शुल्क मात्र हो ।

प्रतिक्रिया दिनुहोस्