Sunday 25th of August 2019

महिलाद्वारा भालेविरुद्ध मुद्दा

हालै फ्रान्समा भालेले बासेर ध्वनि प्रदुषण गरी आफूलाई परेशान गरेको भन्दै एकजना महिलाले मुद्दा दायर गरेकी छिन् । भालेको नाम मौरिस हो । मौरिसले बिहान बिहान बासेर आफूहरूको निद्रामा खलल पु¥याएको भन्दै ती महिलाले मुद्दा दायर गरेकी हुन् । फ्रान्सको आइल्याण्ड अफ ओलेरनको सेन्ट पियरे द ओलेरन गाउँको हो । त्यो भाले करिन फेस्सयु नामक महिलाले पालिरहेकी थिइन ।

भाले बास्नु प्राकृतिक कुरा हो । सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाको छिमेकीले कुखुराको विरुद्ध गुनासो गरेका थिए र आफ्नो कुखुरालाई चुप गराउन आग्रह गरेका थिए, किनकि भालेले धेरैको निद्रा खल्बल्याएको थियो । हालै यसबारे अदालतमा मुद्दा चलिहरेको छ र आगामी सेप्टेम्बर ५ मा मुद्दा टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्