Monday 17th of February 2020

बूढानीलकण्ठदेखि सातदोबाटोसम्म मेट्रो रेल सञ्चालन गर्न यस्तो छ तयारी

काठमाडाैं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ।

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।

विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव (आरएफपी) मागेको थियो। विभागका महानिर्देश बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव (आरएफपी) हालेका थिए।

प्रतिक्रिया दिनुहोस्