Tuesday 25th of February 2020

बाढी र डुवान प्रभावितलाई राहत वितरण

वीरगञ्ज । पर्सा र बारामा बाढी तथा डुबानबाट प्रभावित २ सय ४३ परिवारलाई राहत वितरण गरिएको छ । पोखराको गैरसरकारी संस्था असल छिमेकी नेपालले बाढी तथा डुबान प्रभावितलाई राहत विरण गरेको हो ।

पर्सामा १ सय १७ र बारामा १ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरिएको संस्थाका पर्सा प्रतिनीधि प्रेम घिमिरेले जानकारी दिए ।

उनका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १० नितनपुर नयाँबस्तीमा ४६ परिवार र वडा नं ८ रमौलीमा ८० परिवार त्यसैगरि वीरगञ्ज महानगरपालिकाका वडा नं १६ ईनर्वा पशुपतिनगरका ३९ परिवार र भुटनदेवी टोलका ७८ परिवारलाई राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्