Tuesday 12th of November 2019

आजको राशीफल २०७६ श्रावण ६ गते

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण ६ गते (२२ जुलाई २०१९) कृष्णपक्ष्य पञ्चमी तिथौं बिहान १०.४४ मिनेटसम्म, त्यसपछि षष्ठी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर सोमबासरे कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, मीनराशीमा चन्द्रमा सूर्य उदय बिहान ०५.२३ मिनेटमा, सूर्यअस्त साझ ०६.५७ मिनेट

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन अध्ययनमा सफलता प्राप्त भएता पनि, कारोवार गर्दा सावधानी अपनाई यात्राको समयमा चोटपटकको सम्भावना रहेको छ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन बौद्धिक मान्छेको संगतले व्यापार कारोवारमा लाभ भएता पनि पारीवारीक दुःख कष्ट प्राप्त ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

आजको दिन मिथुन राशीका लागि दाजुभाईको साथ सहयोगले नया कार्यको आरम्भ भएता पनि चिसोको समस्याले दुःख दिनेछ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन अध्ययनमा असफलता, दिक्दार भएता पनि धनवृद्धि हुनेछ ।

सिह राशी(मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका आजको दिन धन लाभ अध्ययनमा सफलता भएता पनि कारोवारमा हानी हुनेछ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन शरीरमा चोटपटक लागी धनहानी हुनेछ भने यात्राको अवसर मिल्नेनै छ ।

तुलाराशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको दिन सेयर कारोवार गर्दा धनलाभ भई शरीमा उमंङ्गता पैदा भई अध्ययनमा सफलता समेत मिल्नेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका आजको दिन राज्यपक्षवाट सम्मान, सम्मान प्राप्त, अध्ययनमा सफलता हुनेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि आजको दिन अध्ययनमा सफलता, धनलाभ भएता पनि शारीरिक चोटपटकले शरीरलाई दुःख कष्ट पैदा हुनेछ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन यात्राको अवसर मिलेता पनि पारीवारीक सुखका कमि, आय तथा विद्यामा अवरोध हुनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन नया कार्यको आरम्भ,अध्ययनमा अवरोध पारीवारीक मनमुटाब सृजना हुनेछ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन पारीवारीक सुख मिलेता पनि अध्ययनमा अवरोध सृजना हुनेछ, यात्राको अवसर प्राप्त हुनेछ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

प्रतिक्रिया दिनुहोस्