Sunday 25th of August 2019

वैङ्कहरूको करोडाै लगानी डुब्दै

पोखरामा निर्माणाधीन अन्नपूर्ण केवलकार प्रालिले मुआब्जा नै नदिई निजी जग्गा हडप्ने दाउ कसेपछि केवलकार चल्ने सपना चकनाचुर हुने संकेत देखिएको छ । केवलकार सञ्चालक कालु गुरूङले शक्त्ती र पैसाको भरमा जबरजस्ति केवलकार सञ्चालन गर्न खोजेपछि पिडित स्थानियहरू अान्दोलित बनेका छन् । केवलकारमा लगानि गर्ने राष्टिय वाणिज्य बैङ्क, नेपाल बङ्गलादेश बैङ्क र सनराइज बैङ्कको करोडाै लगानी डुब्ने स्थितिमा पुगेको छ । विवाद बढ्दै गएपछि वैङ्कहरूलाइ समेत तनाव भएको छ । बैङ्क स्रोतका अनुसार यस विषयमा अान्तरिक स्रोतबाट बुझ्रने काम  भइरहेको छ ।

राजनीतिक शक्ति र पैसाको आडमा स्थानियका जग्गा नै कब्जा गर्न खोज्ने केवलकार सञ्चालकहरुले मुआब्जा वापतको पैसा स्थानियलाई दिनु त परको कुरा उल्टै स्थानियलाई ठुलो आवाज नगर्न धम्की दिई रहेको छ । सञ्चालकले उचित मुआब्जा दिन्छु भनेर स्थानियलाई झुक्याई हालसम्मपनि कुनै मुआब्जा दिएका छैन । मुआब्जा माग्दा उल्टै चुपचाप बस नत्र राम्रो हुदैन भन्दै धम्काई रहेको पिडितहरू बताउछन् । पिडित स्थानियले आफ्नो सम्पतिको रक्षाकालागि सर्वोच्च अदालत समेत धाईसकेका छन् । प्रधानन्यायधिस चोलेन्द्र समशेरको एकल इजलासले जग्गा कब्जाको शैलीमा प्रस्तुत नहुन र कामलाई यथाअवस्थामा रोक्न केवलकार सञ्चालकलाई अन्तरिम आदेश समेत दिईसकेका छन् तर अन्नपूर्ण केवलकारका सञ्चालकहरु भने स्थानियलाई डराई धम्काई आउँदो दशैँमा उनिहरुको जग्गा माथि नै केवलकार कुदाउँने रणनीति बनाएका छन् ।

अन्नपूर्ण केवलकारको अहिले तयार पारिएको रुटबाट दर्जनाै जग्गाधनी मारमा परेका छन् । पिडित स्थानियको गुनासो छ “मुआब्जा दिन्छौँ भन्दै मिति सादै भोली, पर्सी, एक महिना पछि भनी सञ्चालकहरुले ढाट्दै आएको साढे एक वर्ष भैसक्यो । अहिले त केवलकार कुदाउने तयारी करिब अन्तिम चरणमा आईसक्दा पनि मुआब्जाको नाममा सुक्को छैन।”

सो केवलकारका मुख्य लगानीकर्ता व्यवसायी कालु गुरुङ हुन् ।
केबलकारमा कालु गुरुङ सहितका अन्य नेपाली व्यवशायीको ७५ प्रतिशत लगानी छ । यो केवलकार सञ्चालनकालागी २४ रोपनी सरकारी जग्गा परेको छ जसको ४० वर्षसम्म लिजमा उपभोगकालागी सरकारले स्विकृति दिईसकेको छ । यस वापत सरकारलाई राजश्व तिर्नु पर्ने हुन्छ । सरकारलाई राजश्व तिर्न तयार भएका अन्तपूर्ण केवलकार प्रालिका अध्यक्ष कालु गुरुड. व्यक्तिका निजी जग्गा भने त्यसै हडप्ने दाउ कसेर बसेका छन् । डेढ वर्षदेखि निर्माणाधीन अन्नपूर्ण केवलकारको रुटले पोखराको सेदीदेखि सराङकोट जोड्ने छ । यसको जम्मा लम्बाई साढे २ किलोमिटर रहेको छ । गुरुङले EIA रिपोट समेत घुस खुवाएर पास गर्न लगाएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्