Tuesday 12th of November 2019

हिरासतबाट भागेका दुई थुनुवा पक्राउ, एक अझै फरार

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एकजना अझै फरार छन् ।

खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक भने अझै फरार छन् ।

वलीका अनुसार भारत भाग्ने तरखर गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । गत असार २८ गते राति करीब १२ बजे उनीहरुले शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका थिए ।

उनीहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्