Tuesday 17th of September 2019

एकै घरका ३ बालबालिका तमोरमा वेपत्ता

विराटनगर । धनकुटा नगरपालिका-८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएका छन ।

यही साउन ५ गते दिउँसो ३ बजे सोही ठाँउ बस्ने शंखबहादुर राईको परिवारसहित याक्चानाघाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको बेलामा उनका ९ वर्षीय छोरा संदिप राई, ७ वर्षीया छोरी सलिना राई र ६ वर्षीया संजिला राईलाई तमोर नदीले बगाएको थियो ।

नदीले बगाएर बेपत्ता भएका उनीहरुको स्थानीयवासी र आफन्तले खोजी गर्दा फेला नपरेपछि बुधबार बिहान पौने ११ बजे जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेको थिए ।

घटनाको जानकारी पाए लगत्तै तत्काल उक्त कार्यालय र अन्य सुरक्षा निकायसँग समन्वय गरी बेपत्ता बालबालिकाहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्