Monday 16th of December 2019

‘कमेडी फिल्म खेल्ने रहर छ’

काठमाडौं । अहिले हामीले पाएका प्रोजेक्टमा म व्यस्त छु । त्योभन्दा बाहेकको काम गर्ने सम्भावना नै छैन । फिल्मका लागि पनि सामान्य अफर त आइरहेका छन्, तर मलाई समय छैन ।

साथै, म आफू फिल्मका लागि तयार हुन अझै बाँकी नै छ । आफूलाई तयार पनि बनाइरहेको छु ।
फिल्मका लागि अभिनय निखार्न जरुरी हुन्छ ।

त्यसका लागि म योग्य भइसकेको छैन भन्ने लागेकाले केही वर्ष आफूलाई अझै निखार्ने छु । त्यसपछि मात्रै सोच्ने छु । मिहिनेत राम्रो गरेपछि मात्रै परिणाम पनि राम्रो आउँछ । काम गरिसकेपछि नतिजा पनि राम्रै आउनुपर्छ भन्ने मान्यता हो, मेरो ।

नेपालमा युवाले रुचाउने खालको कमेडी फिल्म अझै बनेको छैन । कलेजका युवाले हेर्न रुचाउने खालको कमेडी फिल्म भन्न खोजेको हुँ ।

अहिलेको तुलनामा पहिला धेरै फिल्मको अफर आउँथ्यो । तर, मैले नगरेकाले होला अहिले कम अफर आएको छ । धेरै प्रोजेक्ट हामीले पूरा गर्नु छ । त्यसैमा केन्द्रित छौँ । अझै केही वर्ष फिल्ममा आउँदिनँ ।

फिल्म गर्दा पनि मलाई लभ स्टोरीभन्दा पनि कमेडी फिल्म गर्ने रुचि छ । विशेषगरी, युवालाई मन पर्ने कमेडी फिल्म गर्न मन छ । नेपालमा युवाले रुचाउने खालको कमेडी फिल्म अझै बनिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्