Sunday 15th of December 2019

अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै धेरै जरिवाना

काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो ।

बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएका छन् ।

पछिल्लो समय फेसबुकको गोपनीयतालाई लिएर अनेक प्रश्न उठेका छन् । राजनीतिक परामर्शदाता कम्पनी क्याब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको विषयले त ठूलै हलचल आएको थियो । यो प्रकरणपछि एफटीसीले आरोपबारे छानबिन गरेको थियो । छानबिनका क्रममा फेसियल रिकग्निसन भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्